अफगानिस्तानको स्वास्थ्य सेवामा सुधार

अफगानिस्तान । विगत दुई वर्षमा अफगानिस्तानको स्वास्थ्य सेवामा सुधार आएको अफगान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए । उनले महिलाहरूलाई स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर पनि प्रदान गरिएको दावी गरे ।
अफगानिस्तानमा तालिवान नेतृत्वमा सरकार गठन भएपछि हजारौँ किशोरी तथा महिला कामदारहरूलाई त्यहाँको इस्लाम कानूनको हवाला दिँदै रोजगारीबाट बञ्चित पारिएको स्थानीय महिला अधिकारकर्मी तथा मानवअधिकारका लागि काम गर्ने अन्तरराष्ट्रिय सङ्घ संगठनहरूले बताउँदै आएका छन् ।
टोलो न्यूजले बुधबार मुजाहिदलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार विगतको तुलनामा स्वास्थ्य गतिविधिहरू बढेका छन् । केन्द्र तथा प्रान्तका अस्पतालहरू व्यवस्थित भएका छन् ।समयमै औषधि उपचारहरू उपलब्ध भइरहेका छन् ।
मुजाहिदले युद्धबाट तहस नहस बनेको अफगानिस्तानमा स्वास्थ्य क्षेत्रको अवस्था बिग्रँदै गएको रिपोर्ट आईरहेको समयमा समाचारहको खण्डन गर्दै उक्त दावी गरेका हुन्
यसैबीच, अफगान अन्तरिम सरकारले देशमा थप अस्पताल र स्वास्थ्य क्लिनिकहरू निर्माण गरेर स्वास्थ्य क्षेत्रमा थप सुधार गर्ने प्रतिवद्धता अनुसार काम गरिरहेको उहाँले बताए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया