नेपालका दुर्गम गाउँबस्ती डुल्दै बेलायतका मन्त्री

दैलेख । बेलायत विकासमन्त्री एन्ड्रु मिचेल नेतृत्वको टोलीले दैलेखको दुर्गम गाउँ नौमूले गाउँपालिकामा भएका विकास–निर्माणका गतिविधिबारे जानकारी लिएको छ ।
काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशकसहितको टोलीले नौमूले गाउँपालिका–१, तोलीको भुर्सुमा निर्माण भएको सिँचाइ कुलो, तटबन्ध र पानी घट्टको स्थलगत निरीक्षण गरी जानकारी लिएको हो ।
त्यस अवसरमा मन्त्री मिचेलले नौमूलेमा बालिका शिक्षा, सुशासन, समावेशितासँगै जलवायु अनुकूलनका थप कार्यक्रम सञ्चालन गर्न सकिने बताए ।
जलवायु परिवर्तन अनुकूलन सहयोग कार्यक्रमअन्तर्गत बेलायत सरकारको आर्थिक सहयोग तथा नेपाल सरकारको कार्यक्रममार्फत सञ्चालन भएका योजनाहरूको स्थलगत अनुगमन सम्पन्न भएको नौमूले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।
जलवायु परिवर्तन अनुकूलन सहयोग कार्यक्रमअन्तर्गत सम्पन्न सिँचाइ कुलोलगायत संरचनाबाट स्थानीय बासिन्दाले प्रत्यक्षरूपमा लाभ लिएका र चालू आर्थिक वर्षभित्र कार्यक्रमका बाँकी काम पूरा गर्ने, जनताले पाएका सुविधा र थप कार्यक्रम कसरी लागू गर्ने भन्ने विषयमा छलफल भएको अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया