गाजामा इजरायली विस्फोट : ४० जनाको मृत्यु, सय घाइते

एजेन्सी । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने सय जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो ।
प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गरायो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितहरूको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको उल्लेख गरेको छ ।
इजरायली आक्रमणले छिमेकमा गम्भीर क्षति पुर्याएपछि मानिसलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण स्थलहरूमा पुगेको सुरुक्षा स्रोतले जानकारी दियो । चिकित्सा स्रोतका अनुसार अल-अक्सा शहीद अस्पताल हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया