भारतीय ट्रक दुर्घटनामा तीनको मृत्यु, एक घाइते
मोरङ । बूढीगङ्गा गाउँपालिका–४ को भित्री सडकमा आज बिहान भारतीय लहरी पल्टिँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मार्वल लोड गरेको भारतीय लहरी नं आर जे २९ जीवि १५६१ पल्टिँदा च्यापिएर सोही स्थानका ६० वर्षीया ज्योति अधिकारीका चार वर्षीया इसिता अधिकारी, चार वर्षीय निशान्त अधिकारी एवं सोही स्थानका सञ्जु खवासको आठ वर्षीय छोरा रिहा खवासको मृत्यु भएको छ । घाइते ज्योतिको स्थानीय विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लहरीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नायब उपरीक्षक दाहालले बताए । तीन जनाको शव परीक्षणका कोशी अस्पतालमा राखिएको र परिवारलाई बुझाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया