आजदेखि खुल्यो सर्वोत्तम सिमेन्टको आइपिओ, न्युनतम ५० कित्ता आवेदन दिनुपर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्ट उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको छ ।
कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत् ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। लगानीकर्ताले उक्त आइपिओमा प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाको दरले आवेदन दिनु पर्नेछ । सर्वसाधारणले आइपिओमा न्युनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार सर्वसाधारणले सो आइपिओमा फागुन १६ सम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म पनि आवेदन नपरेमा कम्पनीले फागुन २७ सम्म आइपिओको समय थप्नेछ ।
कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रूपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया