चार रुसी कूटनीतिज्ञलाई देश छोड्न अष्ट्रियाको आदेश

भियना । अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।
उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरितका गतिविधिहरू गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो ।
अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार देश छाड्न आदेश दिइएका व्यक्तिमध्ये तीन जना भियना स्थित रुसी दूतावासमा कार्यरत कर्मचारी रहेका छन् ।
अर्का एक जना भने पश्चिमी सहर साल्जबर्गमा रहेको कन्सुलेट जनरलमा कार्यरत कूटनीतिज्ञ रहेका छन् । उनीहरूलाई यही अप्रिल १२ सम्ममा अष्ट्रिया छोडिसक्नु पर्ने आदेश दिइएको विदेश मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
युरोपेली देशहरूबाट गत सोमबारसम्ममा झण्डै २०० रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरि सकिएको छ ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया