नेपाल प्रहरीको राशनभत्ता दोब्बर बढाउने प्रस्ताव गृह मन्त्रालयमा
काठमाडौं । नेपाल प्रहरीको राशनभत्ता महंगीअनुसार बढाउन प्रहरी प्रधान कार्यालयले प्रस्ताव अघि बढाएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले यससम्बन्धि प्रस्ताव अघि बढाएका हुन् ।
महानिरीक्षकको प्रस्तावअनुसार राशनभत्ता वृद्धि भएमा अहिलेभन्दा करिब दोब्बर पाउँछन् । उपत्यकामा हाल प्रहरीले दैनिक २०१ रुपैयाँ पाउँदै आएकोमा ३९५ रुपैयाँ बनाउने प्रस्ताव गरिएको छ । अहिलेको महंगीमा प्रहरीलाई २०१ रुपैयाँले दुई छाक भात र एक पटक खाजा खान ज्यादै अपुग भएको प्रहरी अधिकारी बताउँछन् ।
प्रमुख जिल्ला अधिकारीबाट स्वीकृत जिल्ला दररेटअनुसार राशनभत्ता बढाउन माग गरिएको छ । जसअनुसार हरेक जिल्लामा महंगीको वास्तविक अवस्थाअनुसार प्रहरीले राशनभत्ता पाउनेछन् । गृह मन्त्रालयले यससम्बन्धि प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ । अर्थ मन्त्रालयले बजेट नभएको भन्दै पन्छ्याउने प्रयास गरिरहेको स्रोत बताउँछ ।
प्रहरीमा राशनभत्ता नबढेको दुई वर्ष भएको छ। त्यसअघि पनि १५ प्रतशित मात्र बृद्धि भएको थियो । दिनमा १८ घन्टासम्म डिउटीमा खटिने सुरक्षाकर्मीलाई खान पुग्ने राशनभत्ता समेत दिन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।
यस्तो छ प्रहरी महानिरीक्षकको प्रस्तावः
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए







प्रतिक्रिया