दिव्य शान्ति सहकारीका अध्यक्ष पक्राउ
काठमाडौं । दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् । महर्जन फागुन २३ गते चितवनबाट पक्राउ परेका हुन् ।
चितवनमा पक्राउ परेका उनलाई काठमाडौं ल्याइसकिएको र आइतबार म्याद थपका लागि अदालतमा पेश गर्न लागिएको प्रहरीले जनाएको छ ।
काठमाडौंको नरदेवीमा कार्यालय रहेको उक्त सहकारीले ठगी गरेको भन्दै ४० भन्दा बढी बचतकर्ताले अध्यक्ष महर्जनसहित यसका सञ्चालकविरुद्ध उजुरी दिएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया