रुसी प्रतिबन्धलाई लिएर युक्रेन-हंगेरीबीच तनाव
काठमाडौं । रुसले युक्रेनमा गरेको आक्रमणपछि युक्रेन र हंगेरीबीच तनाव बढ्दै गएको छ । युक्रेन सरकारले युद्धका क्रममा रुसलाई हंगेरीले सहयोग गरेको आरोप लगाएको छ ।
युक्रेनको विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनमा भएको अत्याचारको जिम्मेवारी स्वीकार नगरेर रुसले नयाँ अपराध गर्न प्रोत्साहन गरेको बताए ।
उनले बुडापेस्टमा शान्तिर्वाता आयोजना गर्ने प्रस्तावमा त्रृटि रहेको बताए । उनले भनेका छन्, ‘यदि हंगेरी सहयोग गर्न चाहन्छ भने इयूको एकतालाई हानि गर्न बन्द गर्नुपर्छ ।
केही दिन अघिमात्रै त्यहाँ भिक्टर अर्बन पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । हंगेरी नेटोको सदस्य हुनुका बावजुद पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी रहेका छन् । रुसमाथि लगाएको प्रतिबन्धलाई हंगेरीले विरोध गर्दै आइरहेको छ । साथै हंगेरीले युक्रेनलाई हतियार आपूर्ति गर्न पनि अस्वीकार गर्यो ।
बुधबार भिक्टरले पुटिनसँग हंगेरी रुसबाट ग्यास आयातका लागि रुबलमा भुक्तानी गर्न तयार रहेको बताएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया