घट्याे पेट्राेलकाे मूल्य
काठमाडाै । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निमगले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएकाे छ ।
इण्डियन आयल कर्पोरेसनले इन्धनकाे मूल्य घटाएर पठाएसँगै निमगले मूल्य समायाेजन गरेकाे हाे ।
मूल्य घटेसँगै अब पेट्राेल प्रतिलिटर पहिलाे वर्गकाे लागि १६८ रुपैयाँ पचास पैसा, दाेस्राे वर्गकाे लागि १७० रुपैयाँ र तेस्राे वर्गकाे लागि १७१ रुपैयाँ लागू हुने छ । नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएकाे छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया