ललितपुरमा करेन्ट लागेर युवकको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका–२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोही ठाउँ बस्ने सल्यान कपुरकोट गाउँपालिका–४ घर भएका ४६ वर्षीय चन्द बहादुर एरीको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया