बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिइँदै
काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति विनोद चौधरीको बयान लिन लागेको छ ।
गृहमन्त्रालयमा आइतबार बसेको बैठकमा गृहमन्त्री लामिछानेले उक्त प्रकरणमा मुसिएका सबैको बयान लिन निर्देशन दिएका हुन् । सीआईबीले बाँसबारी छाला(जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा अरूणकुमार चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो ।
तर काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले उनीहरूलाई रिहा गर्न आदेश दिएका थिए । आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै उनीहरु रिहा भएका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया