यी चार प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा वर्षा र दुई प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात हुने प्रक्षेपण गरेको छ ।
मंगलबार बिहान नियमित मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले चार प्रदेशमा वर्षाको आकलन गरेको हो ।
महाशाखाका अनुसार, मंगलबार दिउँसो कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भने आज हल्का हिमपातको सम्भावना छ ।
मंगलबार राति देशभर आंशिक बदली रहे पनि तीन प्रदेशमा वर्षा हुने बताइएको छ । महाशाखाका मौसमविदहरूका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
नेपालमा केही दिनयता पश्चिमी र स्थानीय वायुको प्रभाव छ । यही वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा तथा बदली भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाको मौसम पनि बिहानैदेखि धुम्मिएको छ ।
कोशी र मधेस प्रदेशमा यतिबेला बदली भइरहेको छ भने बाँकी पहाडी तथा तराई भूभागमा आंशिक बदलीदेखि मुख्यता मौसम सफा छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया