अष्ट्रेलियामा डुङ्गा डुब्दा एकको मृत्यु, दुई बेपत्ता
काठमाडाैं । दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् । एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु नजिकै सोमबार दिउँसो डुङ्गा डुब्दा पाँच जना डुङ्गामा सवार थिए ।
केही समयअघि त्यही स्थानको पानीमा एकजना मृत व्यक्ति फेला पारेको प्रहरी अकिारी पल बहरले मङ्गलबार बिहान पत्रकार सम्मेलनमा बताएका छन् । उनका अनुसार मृत व्यक्तिको पहिचान तथा पुष्टि हुन भने बाँकी नै छ ।
दुर्घटनामा परेका दुई जिवित व्यक्ति एक चट्टानमा फेला परेको स्रोतले बताएको छ ।
डुङ्गामा सवार रहेका परिवारका सदस्य तथा नजिकका साथीहरूको समूह रहेका प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया