पाँच प्रदेशमा आज पानी पर्ने
काठमाडौं । देशका पाँच प्रदेशमा शुक्रबार वर्षा हुने प्रक्षेपण गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै शुक्रबार पाँच प्रदेशमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने अनुमान गरेको हो ।
महाशाखाका अनुसार, शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा भने हल्का हिमपातको योग छ ।
शुक्रबार राति पनि केही प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार, राति देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
नेपालमा हाल स्थानीय वायुको प्रभाव रहेको छ। यही वायुको प्रभावका कारण केही दिनयता वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भने वर्षा भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया