क्रिस रकलाई थप्पड हान्ने विल स्मिथलाई १० वर्ष प्रतिबन्ध
काठमाडौं (एजेन्सी) । ओस्करमा उत्कृष्ट अभिनेताको पुरस्कार हात पारेका विल स्मिथलाई ओस्कर गाला र अन्य इभेन्टमा १० वर्ष प्रतिबन्ध लगाइएको छ । ओस्कर अवार्ड वितरण कार्यक्रममा देखाएको हर्कतको सजायस्वरूप एकेडेमीले उनीमाथि यस्तो कदम उठाएको हो ।
विल स्मिथले ओस्कर अवार्ड वितरण कार्यक्रममा आफ्नो पत्नीको कपाल झर्ने समस्यामा मजाक गरेको भन्दै क्रिस रकलाई स्टेजमै थप्पड हानेका थिए ।
एकेडेमीले एक विज्ञप्ति जारी गर्दै ९४ औं अस्कर अस्वीकार्य र हानिकारक व्यवहारले प्रभावित रहेको उल्लेख गरेको छ । साथै उसले प्रस्तोता र अतिथिलाई जोगाउन र एकेडेमीप्रतिको विश्वास उचो बनाउन पनि यस्तो निर्णय लिइएको जनाएको छ ।
असाधारण परिस्थितिमा पनि संयमित भएको भन्दै एकेडेमीले रकलाई भने धन्यवाद दिएको छ ।
यो घटनामा स्मिथले क्षमायाचना गरिसकेका छन् । उनले एकेडेमीबाट पनि राजीनामा दिएका थिए ।
घटनाको एक घण्टापछि उनलाई किङ रिचर्डमा निर्वाह गरेको भूमिकाका निम्ति बेस्ट एक्टर अवार्डबाट पुरस्कृत गरिएको थियो । जुन चलचित्रमा उनले टेनिस स्टारको बाबुको भूमिका निर्वाह गरेका छन् ।
योसँगै अब उनी ओस्करको अवार्ड वितरण र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया