उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली मंगलबार प्रकाशन गरिने भएको छ । आइतबार उम्मेदवारविरुद्ध उजुरी आह्वान गरेको निर्वाचन आयोगले निर्धारित कार्यतालिका अनुसार मंगलबार अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
निर्वाचन आयोगका अनुसार, निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई मंगलबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । यो समय सकिएपछि मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ ।
यसअघि आइतबार आयोगले उम्मेदवारविरुद्ध उजुरी आह्वान गरेको थियो । जसमा एउटा पनि उजुरी नपरेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभाको इलाम–२ र प्रदेशसभाको बझाङ–१ (क) को रिक्त सिटमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन गइरहेको छ । यसमध्ये इलाम क्षेत्र नं. २ मा २० र बझाङ–१ (क) मा १२ ले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया