म्यान्मारमा प्रकोपबाट २५ हजार घर क्षतिग्रस्त
एजेन्सी । आर्थिक वर्ष २०२३–२४ मार्चको अन्त्यसम्म भएका प्रकोपले म्यान्मारमा २५ हजार चार सय ६० घर क्षतिग्रस्त हुँदा ७६ हजार छ सय एक घरपरिवारलाई असर गरेको सरकारी अधिकारीले मङ्गलबार बताएका छन् ।
गत आर्थिक वर्षमा म्यान्मारमा आगलागीका चार सय ५२, पानीसँग सम्बन्धित एक सय ४४, हावाका छ सय ६१ तथा अन्य सात सय ५९ गरी दुई हजार १६ वटा प्रकोप दर्ता भएको सामाजिक कल्याण, राहत तथा पुनःस्थापना मन्त्रालयको विपद् व्यवस्थापन विभागका निर्देशक डाअ ले स्वे सिन ऊले सिन्ह्वालाई बताए ।
अधिकारीहरूका अनुसार म्यान्मारमा सबैभन्दा सामान्य प्रकोप हावाको थियो । विभिन्न प्रकोपबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा अय्यारवाडी क्षेत्र, मगवे क्षेत्र र शान राज्य रहेका थिए ।
अधिकारीका अनुसार प्रकोपहरूको प्रतिक्रियामा विपद् व्यवस्थापन विभागले प्रभावित मानिसहरूलाई १३ लाख ८० हजार अमेरिकी डलरभन्दा बढी राहत सहायता प्रदान गरेको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया