पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ जनाको मृत्यु
एजेन्सी । भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनास मच्चाएको छ ।
विनासका कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको एक अधिकारीले बुधबार सिन्ह्वालाई बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अधिकारीका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो, जहाँ घटनाका कारण ३२ जनाको ज्यान गएको थियो ।
अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृतक मध्ये १५ जना बालबालिका र पाँच महिला छन् । घाइते हुनेमा ४१ जना रहेका छन् भने एक हजार तीन सय ७० घरहरू क्षतिग्रस्त भएका छन् ।यसैगरी पूर्वी पञ्जाब प्रान्तमा २३ जनाको ज्यान जानुका साथै सात जना घाइते भएका छन् । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु भयो भने अन्य आठ जना घाइते भएको अधिकारीले बताए ।
कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् भने ४७ वटा घरहरू ध्वस्त भएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया