प्रदेश सचिवसहित १६ जनालाई भ्रष्टाचारमा सफाइ
काठमाडौं । बिशेष अदालतले कर्णाली प्रदेशका तत्कालिन सचिवसहित १६ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीतभण्डर निर्माणसम्बन्धि भ्रष्टाचार मुद्दामा अदालतले सफाइ दिएको हो ।
प्रदेशको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालिन सचिव राजेन्द्र प्रसाद भारी, सब इन्जिनियर गणेश भण्डारी, वरिष्ठ अर्थ कृषि विज्ञ हरि प्रसाद पण्डित, लेखा अधिकृत हरि बहादुर थापा, कृषि विकास निर्देशनालयका निर्देशक भक्तिराम शर्मा, कृषि अधिकृत गुरु प्रसाद अधिकारी र उत्तम कुमार बस्नेतले सफाइ पाएका हुन् ।
उच्च मुल्य कृषि विकास आयोजना सुर्खेतका लेखा अधिकृत खिमलाल वली, कृषि अधिकृत सुरेश कुमार थापा, सहलेखापाल उषा ठाडा, सब इन्जिनियर सुबर्णराज भारती, कर्णाली कोल्ड चेन लजिष्टिकका पूर्वअध्यक्ष प्रकाश अधिकारी, अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल र प्रवल शाही तथा इन्जिनियर महेश शर्माले सफाइ पाएका हुन् ।
उनीहरुविरुद्ध ९२ लाख ४३ हजार बिगो कायम गरी गत २५ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया