रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ – प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले काठमाडौँ मा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।
बोहोराको गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो। आयोगले चाडपर्व—दशैं र तिहार—बाहेक, मतदाता सहभागिता अधिकतम हुने समयलाई ध्यानमा राखेर मिति तय गरेको हो ।
प्रतिक्रिया