तीन पूर्वअर्थमन्त्रीलाई भेला गरेर पत्रकार सम्मेलन गर्दै एमाले
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमाथिको कारबाही र मुलुकको आर्थिक अवस्थाबारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।
यसबारे जानकारी दिन अहिले दिउँसो १२ः३० बजे ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको एमाले प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार, पूर्वअर्थमन्त्रीत्रय विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले यसबारे धारणा राख्नेछन् ।
खस्किँदो अर्थतन्त्र उकास्न राम्रो काम गरिराखेका राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको एमालेले आरोप लगाएको छ ।
विपक्षी एमालेसँग मिलेर सरकारलाई असहयोग गरेको आरोप लगाउँदै शुक्रबार गर्भनर अधिकारीलाई सरकारले निलम्बन गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया