कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको हो ।
उनको यही वैशाख २५ गते निधन भएको हो । गुरुङको आज अन्त्येष्टि गरिने हुँदा बैठक स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ । स्थगित संसदीय दलको बैठक यही वैशाख २८ गते बिहान ८ः३० बजे बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हलमा बस्ने तय भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया