काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने

काठमाडौं । सवारी साधनमा प्रेसर हर्न, झिलिमिली–झल्लर बत्ती तथा ‘फग्स लाइट’ राख्नेलाई प्रहरीले कारबाही थालेको छ । यसले ध्वनी प्रदुषण तथा दुर्घटनाको जोखिम बढाएको भन्दै काभ्रे प्रहरीले कारबाही अभियान चलाएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलिले जिल्लाका विभिन्न १० स्थानमा चेकजाँच गरी दुई सय ३० वटा मालवाहक तथा यात्रुवाहक सवारी साधनबाट प्रेसर हर्न निकालेको छ । साथै, ५५ वटा सवारीसाधनबाट अनावश्यक लाइट तथा झल्लर निकालिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले बताए । पुनः जडान गरेमा यस्ता सवारी साधनको लगत कारबाही गरिने प्रहरीले जनाएको छ । सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लामा अभियानकै रुपमा यस्तो कारबाही अघि बढाएको छ ।
ताजा अपडेट
-
भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित नियन्त्रणमा
-
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
-
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेकाे छुट
-
हिमालयले आज जलवायुको सबैभन्दा ठूलो भार बोकेकाे छ : परराष्ट्रमन्त्री
-
संसदीय समितिबाट निजामती विधेयक पास, २ वर्ष कुलिङ पिरियड, उमेर हद ६० वर्ष
प्रतिक्रिया