काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने

काठमाडौं । सवारी साधनमा प्रेसर हर्न, झिलिमिली–झल्लर बत्ती तथा ‘फग्स लाइट’ राख्नेलाई प्रहरीले कारबाही थालेको छ । यसले ध्वनी प्रदुषण तथा दुर्घटनाको जोखिम बढाएको भन्दै काभ्रे प्रहरीले कारबाही अभियान चलाएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलिले जिल्लाका विभिन्न १० स्थानमा चेकजाँच गरी दुई सय ३० वटा मालवाहक तथा यात्रुवाहक सवारी साधनबाट प्रेसर हर्न निकालेको छ । साथै, ५५ वटा सवारीसाधनबाट अनावश्यक लाइट तथा झल्लर निकालिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले बताए । पुनः जडान गरेमा यस्ता सवारी साधनको लगत कारबाही गरिने प्रहरीले जनाएको छ । सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लामा अभियानकै रुपमा यस्तो कारबाही अघि बढाएको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया