NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । साढे तीन महिनादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोड ८५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

म्यास कम्पनीलाई मात्र मिल्ने गरी स्पेशिफिकेसन बनाई ठेक्का दिएर भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ । आयोगले केन्द्रकाकेन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ र वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेल तथा लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेलाई प्रतिवादी बनाएको छ । म्याक्स इन्टरनेसनल र सो कम्पनीका सिइओ अकबर हुसेनविरुद्ध पनि ४० करोड ८५ लाख नै बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

विकलविरुद्ध थप भ्रष्टाचार प्रकरणमा छानविन भइरहेको अख्तियारले जनाएको छ ।