जब कांग्रेसले प्रशासन चलाउन कर्मचारी पाएन…

काठमाडौं । नेपालको प्रशासनलाई २००७ सालको परिवर्तन पछि आधुनिक प्रशासनमा ‘कन्भर्ट’ गर्ने प्रयास भएसँगै, राणाकालिन कार्यालयहरू खारेज भए । त्यसपछि पहिलोपटक कार्यालयको रुपमा दशवटा मन्त्रालयहरु गठन भएका थिए । आधा नेपाली कांग्रेस र आधा राणाहरूका गरेर दशजना मन्त्रीहरू नियुक्त भए ।
मन्त्रालयमा सचिव नियुक्त गर्नका लागि राणाहरूलाई त सजिलो थियो । उनीहरूले सेनाका जर्नेलहरूबाट सचिव छनौट गरे । तर नेपाली कांग्रेससँग मान्छे थिएनन् । त्यसपछि कांग्रेसले पढाइरहेका युवा केटाहरूलाई सचिवको रूपमा नियुक्त गर्ने निर्णय गर्यो । उनीहरू थिए भवनाथ उपाध्याय, कुलनाथ लोहनी, प्रद्युम्नलाल राजभण्डारी, हिमालय शमशेर राणा र योगप्रसाद उपाध्याय । त्यसपछि त उखान नै चल्यो ‘ठिटो जर्नेल बुढो सिपाही’ । हाकिम सबै २५ वर्षका थिए भने कर्मचारी राणाकालकै थिए ।
त्यसपछि बल्ल २००८ सालमा लोकसेवा आयोगको गठन भयो । तर २०१५ सालसम्म आयोगले आफ्नो मर्मअनुसार काम गर्न पाएन ।
नेपालको सार्वजनिक प्रशासनले आजको मितिसम्म आउका लागि यस्ता धेरै नाजुक मोडहरु पार गरिसकेको छ । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरिसकेपछि नेपालको प्रशासन कसरी सुरु भयो र कस्ता मोडहरु आए भन्ने विषयमा पूर्वसचिवद्वय उमेश मैनाली र शारदा प्रसाद त्रितालले संवाद गरेका छन् ।
हेरौं छलफलको पूरा भिडियो
ताजा अपडेट
-
खनाल नेतृत्वको आयोगले बझायो अर्थमन्त्रीलाई प्रतिवेदन
-
मन्त्री सहभागी कार्यक्रम छाडेर ऊर्जा सचिव हिँडेपछि…
-
चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते
-
प्रहरीले भन्यो– प्रसाईं पक्राउ परेका छैनन्, भ्रम छर्ने काम नगरौं
-
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीले मिलेर तालिम सञ्चालन गर्ने
प्रतिक्रिया