जब कांग्रेसले प्रशासन चलाउन कर्मचारी पाएन…
काठमाडौं । नेपालको प्रशासनलाई २००७ सालको परिवर्तन पछि आधुनिक प्रशासनमा ‘कन्भर्ट’ गर्ने प्रयास भएसँगै, राणाकालिन कार्यालयहरू खारेज भए । त्यसपछि पहिलोपटक कार्यालयको रुपमा दशवटा मन्त्रालयहरु गठन भएका थिए । आधा नेपाली कांग्रेस र आधा राणाहरूका गरेर दशजना मन्त्रीहरू नियुक्त भए ।
मन्त्रालयमा सचिव नियुक्त गर्नका लागि राणाहरूलाई त सजिलो थियो । उनीहरूले सेनाका जर्नेलहरूबाट सचिव छनौट गरे । तर नेपाली कांग्रेससँग मान्छे थिएनन् । त्यसपछि कांग्रेसले पढाइरहेका युवा केटाहरूलाई सचिवको रूपमा नियुक्त गर्ने निर्णय गर्यो । उनीहरू थिए भवनाथ उपाध्याय, कुलनाथ लोहनी, प्रद्युम्नलाल राजभण्डारी, हिमालय शमशेर राणा र योगप्रसाद उपाध्याय । त्यसपछि त उखान नै चल्यो ‘ठिटो जर्नेल बुढो सिपाही’ । हाकिम सबै २५ वर्षका थिए भने कर्मचारी राणाकालकै थिए ।
त्यसपछि बल्ल २००८ सालमा लोकसेवा आयोगको गठन भयो । तर २०१५ सालसम्म आयोगले आफ्नो मर्मअनुसार काम गर्न पाएन ।
नेपालको सार्वजनिक प्रशासनले आजको मितिसम्म आउका लागि यस्ता धेरै नाजुक मोडहरु पार गरिसकेको छ । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरिसकेपछि नेपालको प्रशासन कसरी सुरु भयो र कस्ता मोडहरु आए भन्ने विषयमा पूर्वसचिवद्वय उमेश मैनाली र शारदा प्रसाद त्रितालले संवाद गरेका छन् ।
हेरौं छलफलको पूरा भिडियो
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया