अर्थमन्त्री पुनद्वारा आर्थिक सर्वेक्षण- २०८१ संसदमा पेश
काठमाडाै । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ प्रतिनिधिसभामा पेश गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसहितको विपक्षीको विरोधबीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।
अर्थमन्त्री पुनले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको समग्र आर्थिक सामाजिक गतिविधि र क्षेत्रगत विकास तथा शुसासनको अवस्था चित्रण एवं विश्लेषण गरेको जनाएको छ ।
पुनले आर्थिक सर्वेक्षण पेश गर्दै पछिल्लो समय देशको आर्थिक परिसूचकमा सुधार हुँदै गएको बताएकाे छ ।
आर्थिक सर्वेक्षणमार्फत चालु आवमा देशको आर्थिक विस्तार .३.९ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । पुनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रमा देखिएको संकुचनको बावचुत कृषि र सेवा क्षेत्रमा भएका विस्तारको कारण देशको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरेको पुनले बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया