बिजुलीमा जनताको र निजामती सेवामा महिला सहभागिता बढ्यो

काठमाडौं । देशका ९८ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच पुगेको दाबी सरकारले गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ९८ प्रतिशत जनताको पहुँचमा विद्युत् पुगेको दाबी गरेका हुन् ।
अर्थमन्त्री पुनका अनुसार, साक्षरता दर पनि बढेको छ । साक्षरतादर यसअघि ५८ प्रतिशत रहेकोमा बढेर ७६.२ प्रतिशत पुगेको हो ।
गणतन्त्रको घोषणापछि निजामती सेवामा पहिलाको सहभागिता पनि बढेको छ । गणतन्त्रपूर्व १२ प्रतिशत महिलाको यसमा सहभागिता रहेकोमा बढेर २८.५ प्रतिशत पुगेको अर्थमन्त्री पुनको भनाइ छ ।
महिला, आदिवासी जनजाति, दलित, अपांगता र पिछाडिएका क्षेत्रका गरी २४ हजार १५२ जना निजामती सेवामा प्रवेश गरेका छन् ।
त्यसैगरी, घरजग्गामा महिलाको स्वामित्व, ३३.९, लैंगिक असमानता सूचांक ०.५२ बाट सुधार भई ०.४५ प्रतिशत पुगेको छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया