देउवाले फेरि गठन गरे अर्को विभाग, प्रमुखमा पौडेल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनित भएका छन् ।
कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गरेको पर्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बागलुङ नगरपालिकाको पैयुँपाटाका शर्माले नेपाल विद्यार्थी संघबत्राट ०३६ सालदेखि राजनीति सुरु गरेका थिए । त्रिचन्द्र क्याम्पसको नेविसंघ अध्यक्ष हुँदै केन्द्रीय सदस्य र महामन्त्रीसम्म बनेका शर्माले पार्टीको महासमिति सदस्यका साथै विभिन्न भूमिकामा रहेर काम गरिरहेका छन् ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया