चार वटा कन्सलटेन्सी खोलेर एक हजार धेरैलाई ठगी

काठमाडौं । एक समूहले चार वटा कन्सलटेन्सी खोलेर एक हजार भन्दा धेरैलाई ठगी गरेको छ । ठगीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ठगीमा संलग्नहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । सुर्खेतका रेशम रावल, प्रेमबहादुर रावल, काभ्रेका सुरेन्द्र तामाङ, मोरङका सन्तविर घिमिरे, डडेल्धुराका राजेश साउद र अछामका टैकराज खनाललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको एसपी अंगुर जिसीले बताए । उनीहरुका चारै वटा कन्सलटेन्सी एकै ठाउँमा छन् । टिकटक, फेसबुक लगायत माध्यमबाट विज्ञापन गरी सर्वसाधरणलाई यूरोप पठाउने सपना देखाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
पासपोर्ट लगायत कागजपत्र फिर्ता माग्दा उल्टो पैसा माग्ने गरेपछि पीडितहरु प्रहरीमा गएर पक्राउ गराएका हुन् ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया