सरकारले माग्यो तीन कोरियन भाषा अनुवादक

काठमाडौं । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले तीन कोरियन भाषा अनुवादक (दोभासे) सूचीकृतका लागि आवेदन माग गरेको छ ।
शाखाले सम्पादन गर्नुपर्ने काममा सहजीकरणका लागि कोरियन भाषा अनुवादक सूचीकृत गर्न लागिएको हो ।
आधिकारिक निकायबाट कोरियन भाषाको चौथो तह उत्तीर्ण भई प्रमाणपत्र पाएका, कोरियन माषा प्रशिक्षण गर्ने कुनै संस्थासँग आबद्ध नभएका व्यक्तिले सूचीकरणका लागि आवेदन दिनसक्ने शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले इमेलमार्फत ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया