एआइजी बढुवामा पोखरेलको नाम सिफारिस

काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि पोषराज पोखरेलको नाम सिफारिस भएको छ ।
नेपाल प्रहरीको बढुवा सिफारिसका लागि गठित समितिको असार १० गते बसेको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या १ मा बढुवाका लागि पोखरेलको नाम सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा परेका पोखरेलको प्रहरी प्रधान कार्यालय, महिला, बालबालिकता तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी भए पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया