NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

काठमाडौैंमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा भएका दुई दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित सडकमा बा.२ ज ३६३१ नम्बरको ट्याक्सीले प्रदेश नं.३–०२–००९ प ९२६१ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा ट्याक्सी चालक मकवानपुर टिष्टुङ गाउँपालिका–८ घर भएका ४६ वर्षीय वीर बहादुर स्याङतानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–५ थली सोल्टि मोडस्थित सडकमा बा.प्र०२–०२८ प ७८५५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ थली बस्ने ४५ वर्षीय सन्त बहादुर स्याङतानको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।