श्रम मन्त्रालयद्वारा ८ जना उद्यमी सम्मानित
उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कार चन्द्रप्रसाद बस्नेतलाई

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्ने ८ जना उद्यमीहरूलाई सम्मान गरेको छ । आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट स्वदेश फर्केर नेपालमै केही उद्यम गरेका ८ जना उद्यमीहरूलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो ।
मन्त्रालयले ७ जना उद्यमीलाई ७५ हजार रूपैयाँ बराबरको पुरूस्कार र एक जनालाई १ लाख ५० हजार बराबरको उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मानित गरेको छ ।
पुरूस्कारबाट सम्मानित हुनेहरूमा चन्द्रप्रसाद बस्नेत, रविलाल पन्थ, मोहनप्रसाद संग्रौला, टक्क बहादुर नेपाली, चन्द्र सिंह थापा, भुपेन्द्र शर्मा हुन् । उद्यमीहरूमध्ये चन्द्रप्रसाद बस्नेत उत्कृष्ट उद्यमी राष्ट्र पुरूस्कारबाट सम्मानित भएका छन् ।
पुरूस्कार कार्यविधिको दफा ६ बमोजिम न्युनतम सर्त पुरा भएका ५५ वटा आवेदकहरूको निर्धारित सूचकहरूको मूल्यांकन गरी योग्यताक्रममा निरीक्षण रोजगार सेवा केन्द्रका रोजगार संयोजकहरूबाट गराइएको श्रम मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया