एमाले सचिवालय बैठक ३ बजे बस्ने
काठमाडौं । नेकपा एमालेले पनि सचिवालय बैठक बोलाएको छ । कांग्रेससँग भएको सत्तासहकार्य सम्बन्धी सम्झौतालाई अनुमोदन गर्न उसले सचिवालय बैठक आह्वान गरेको हो ।
कांग्रेससँगको सहमतिबारे छलफल गर्न मंगलबार दिउँसो ३ बजेका लागि पार्टी सचिवालय बैठक आह्वान गरिएको एमालेका एक नेताले बताए ।
नेकपा एमालेले मध्यराति माओवादीसँगको सहकार्य त्याग्दै कांग्रेससँग सत्तासाझेदारी गर्ने सहमति गरेको छ । सहमतिअनुसार अब पहिलो चरणमा एमाले र दोस्रो चरणमा कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । एमालेको यस्तो कदमसँगै देशको राजनीति तीव्र तरंगित भइरहेको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया