आइतबारदेखि काठमाडौं प्रहरीको कार्यालय भद्रकालीमा

काठमाडौं । पुराना भवनमा बस्दै आएको काठमाडौं प्रहरी अब आफ्नै अत्याधुनिक भवनमा सर्ने भएको छ । आइतबारदेखि भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा दिइने एसपी नवराज अधिकारीले जानकारी दिए ।
करिब ८० करोड रुपैयाँको लागतमा परिसरको नयाँ भवन निर्माण भएको हो । माइतीघरबाट भद्रकाली निस्कने बाटोमा कार्यालय रहेको छ ।
कार्यालय सरेसँगै अदालत र सरकारी वकिल कार्यालयसँग पनि समन्वय गर्न परिसरलाई सहज हुने भएको छ ।
हाल परिसरको कार्यालय टेकुस्थित नेपाल आयल निगमको भवनमा छ ।
प्रतिक्रिया