रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्काशन स्थगित
काठमाडाैं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओ तत्काल निष्काशन स्थगित गर्ने निर्णय भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को आज बसेको बैठकको निर्णयले तत्काल आइपीओ निष्काशन स्थगित गर्ने निर्णय गरेको हो ।
रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट असार २७ गतेदेखि आइपीओ निष्कासन गर्ने घोषणाा गरेको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गर्न लागिएको हो ।
कम्पनीले निष्कासनको अनुमति लिने क्रममा उच्च प्रतिसेयर आम्दानी देखाएर अहिले स्वीकृति प्राप्त गरिसकेपछि न्यून प्रतिसेयर आम्दानी प्रकाशित गरेको भन्दै चर्को आलोचना भएपछि बोर्डले तत्काल उक्त कम्पनीको आइपीओ निष्काशन स्थगित भएको जनाएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया