३८ लाखसहित सुन्धाराबाट एक पक्राउ

काठमाडौं । काठमाडौंको सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चितवनको भरतपुरका ४८ वर्षीय माधव श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो ।
उनले हुन्डी कारोबार गर्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले सो रकमको स्रोत खुलाउन सकेको छैनन् । सुन्धारा, न्यूरोड क्षेत्रमा अत्याधिक हुन्डी कारोबार हुने गर्दछ।
प्रतिक्रिया