NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

भिजिट भिसामा कुवेत लगेर बिक्रि

काठमाडौं । रोजगारीको प्रलोभनमा एक महिलालाई कुवेत लगेर बिक्रि गर्ने व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोक जुगलका ३२ वर्षिय ङेमा तामाङलाई मानव बेचबिखन ब्यूरोले पक्राउ गरेको हो ।
गत कात्तिकमा एक महिलालाई उनले भिजिट भिसामा कुवेत पठाएका थिए ।
कुवेतमा पुगेपछि लामाकी श्रीमतीले उनलाई रिसिभ गरी ११५० दिनार अर्थात् करिब पाँच लाख रुपैयाँमा बिक्रि गरेकी थिइन् । एक घरमा बन्धक बनाई उनको यौनशोषण समेत हुने गरेको थियो । पछि पैसा बुझाएपछि मुक्त गरिएको थियो । नेपाल आएपछि उनले प्रहरीमा उजुरी गरेकी हुन् ।