दक्षिण कोरियाको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्या एक करोड भन्दा माथि
दक्षिण कोरिया । दक्षिण कोरियाको ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्या एक करोड नाघेको गृह मन्त्रालयले बिहीबार जनाएको छ ।
दक्षिण कोरियामा कूल जनसङ्ख्याको पाँच करोड १२ लाख ६९ हजारको १९.५१ प्रतिशत जनसङ्ख्या ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको रहेको मन्त्रालयले पुष्टि गरेको छ ।
सन् २०१३ जनवरीमा ११.७९ प्रतिशत रहेको वृद्धवृद्धाको अनुपात सन् २०१७ जनवरीमा १३.६० प्रतिशत, सन् २०१९ डिसेम्बरमा १५.४८ प्रतिशत र सन् २०२२ अप्रिलमा १७.४५ प्रतिशत पुगेको छ ।
दक्षिण कोरिया ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका २० प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको देशलाई सम्बोधन गर्ने अति वृद्ध समाजको नजिक पुगेको छ ।
यहाँ ६५ वर्ष वा सोभन्दा माथिका पुरुषको सङ्ख्या ४४ लाख २७ हजार ६८२ रहेको छ भने महिलाको सङ्ख्या ५५ लाख ७२ हजार ३८० रहेको छ ।
सियोल महानगरीय क्षेत्रमा बसोबास गर्ने वृद्धहरू ४४ लाख ९० हजार पुगेको छ भने नगरभन्दा बाहिरी क्षेत्रमा ५५ लाख १० हजार रहेका तथ्याङ्कले देखाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया