होटलमा मृत भेटिए युवक

धनगढी । कैलालीको एक होटलमा लामो समयदेखि बस्दै आएका युवक मृत भेटिएका छन् । गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका–१ का साधन डान मृत फेला परेका हुन् ।
उनी केही समययता उक्त होटलमा बस्दै आएका थिए । शनिबार मृत भेटिएका उनको के कति कारणले मृत्यु भयो भन्ने खुलेको छैन । प्रहरीका अनुसार उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रतिक्रिया