चलचित्र ‘ह्रस्वदीर्घ’ भारतीय प्रसिद्ध सिनेमाटोग्राफरले छायांकन गर्ने

काठमाडौं । अभिनेता तथा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको नयाँ फिल्म ‘ह्रस्वदीर्घ’ को छायांकन भारतमा प्रसिद्ध सिनेमाटोग्राफर कबिर लाले गर्ने भएका छन् ।
नीता फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मको ८५ दिनसम्मको सुटिङ सेड्यूअल रहने छ । ‘ह्रस्वदीर्घ’ मा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ । फिल्मको छायांकन भने दसैंपछि हुनेछ ।
नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुने बताइएको छ । कबीर बलिउड र दक्षिण भारतीय चलचित्र क्षेत्रमा उत्कृष्ट सिनेमाटोग्राफरका रूपमा परिचित छन् ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया