मेसीका पूर्वप्रशिक्षकले भने : कोपा जितेको अर्जेन्टिनाको मनोबल विश्वकपका लागि फाइदाजनक
काठमाडौं । इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाको मनोबल बढेको बताएका छन् ।
अमेरिकी मिडिया टेलेमुण्डो स्पोर्टसलाई हालै एक अन्तवार्ता दिँदै उनले यस्तो बताएका छन् ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीका पूर्वप्रशिक्षकसमेत रहेका ग्वार्डिओलाले कोपा जितेको अर्जेन्टिनाको मनोबल विश्वकपका लागि फाइदाजनक हुने बताएका छन् ।
मुख्य प्रशिक्षक लियोनल स्कालोनीले अर्जेन्टिनालाई बलियो बनाएको उनले बताएका छन् । ‘अर्जेन्टिना अहिले ३१ खेलसम्म अपराजित छ । यो विश्वकपका लागि अर्जेन्टिनाको बलियो पक्ष हो’, उनले भनेका छन् ।
ग्वार्डिओलाले कम अनुभवीले पनि ठूलो सफलता हासिल गर्न सक्ने बताएका छन् । ‘फुटबलमा अनुभव मात्रै सबथोक हो जस्तो गरिन्छ, यो गलत हो’, स्कालोनीले अर्जेन्टिनालाई दिलाएको सफलताप्रति इंग्ति गर्दै उनले भने ।

मेसी, एंगेल डिमारिया, लाउटारो मार्टिनेज र जुलियन अल्भारेजको आक्रमण निकै धारिलो बनेको उनले बताए ।
ग्वार्डिओला स्पेनिस क्लब बार्सिलोनामा रहँदा मेसीलाई प्रशिक्षण दिएका थिए । उनीहरूको सहकार्यले बार्सिलोनाले च्याम्पियन्स लिगसँगै थुप्रै उपाधि जितेको थियो ।
ग्वार्डिओला ब्राजिलको चौथो विदेशी प्रशिक्षक बन्ने सम्भावना कति ?
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया