यी तीन प्रदेशमा आज भारी वर्षा हुने
काठमाडौं । तीन प्रदेशमा आज भारी वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मंगलबार भारी वर्षा हुने आकलन गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना
‘ गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले महाशाखाले सम्भावित बाढी र पहिरोको जोखिमबाट बच्न सबैमा अनुरोध गरेको छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेशमा मंगलबार राति पनि भारी वर्षाको सम्भावना छ ।
देशको मौसममा यतिबेला मनसुनी वायुको प्रभाव रहेकोमा यसको न्यून चापीय रेखा सरदर स्थान आसपास छ। मौसमको यही प्रणालीका कारण पानी परिरहेको छ । मंगलबार बिहान मात्रै काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया