‘खान युनिसमा इजरायली हमला, ७० जनाको मृत्यु’

काठमाडौं (एजेन्सी) । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दक्षिणी सहर खान युनिसमा इजरायलले गरेकाे हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
इजरायलले प्यालेस्टाइनी लडाकुविरुद्धको कारबाही अघि गाजाका आवासीय क्षेत्र खाली गर्न आदेश दिएसँगै यस्तो आक्रमण भएको हो ।
इजरायली सेनाले सोमबार बिहान मात्रै खान युनिसको पूर्वी क्षेत्रमा महत्वपूर्ण आतंकवादी गतिविधि हुनुका साथै रकेट आक्रमण भएको बताएको थियो। सँगै उसले उक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान पनि सुझाएको थियो ।
इजरायली सेनाले यसपछि उक्त क्षेत्रमा गरिएको भारी बमबारीमा आतंककारी र उनीहरुको पूर्वाधार ध्वस्त भएको जनाएको छ ।
यसैबीच, प्यालेस्टिनी रेड क्रिसेन्टले पाँच जनाको शव र ३३ जना घाइतेलाई अल अमल अस्पतालमा ल्याइएको जनाएको छ ।
इजरायलको यो आदेशपछि खान युनिसबाट दुई किलोमिटर पूर्वमा रहेको मान र बानी सुहैला सहरमा रहेका उनीहरूको क्लिनिकमा सेवा ठप्प भएको स्वास्थ्य संस्थाले जनाएको छ ।
इजरायली अधिकारीहरूले उनीहरूको आदेश अस्पतालहरूमा लागू नहुने बताएका छन्।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया