राष्ट्र बैंकले खारिज गर्यो दुई मनी एक्सचेञ्ज कम्पनी

काठमाडाैं । नेपाल राष्ट्र बैंकले दुई मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै दुई मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज भएको जनाएको हो ।
ती दुई मनी एक्सचेञ्ज कम्पनीहरू ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकमा रहेको कसा मनी एक्स्चेन्ज हुन् ।
यी दुबै कम्पनीले इजाजतपत्र नवीकरण नगरेको कारण इजाजतपत्र खारेज गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया