NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

एकैपटक ५९ सहसचिवको सरुवा

काठमाडौं । सरकारले महत्वपूर्ण विभागका महानिर्देशकसहित ५९ सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ठूलो संंख्यामा सरुवा गरेको हो ।

सरुवामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजश्व विभाग, पर्यटन विभाग लगायत निकायका महानिर्देशक हटाइएका छन् ।

राजश्व अनुसन्धानका चक्रबहादुर बुढालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, आन्तरिक राजश्वका शिवलाल तिवारीलाई कर्णाली प्रदेश, भन्सार विभागका ढुन्डी निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटनका रुद्र पण्डितलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमल भट्टराईको राष्ट्रिय सूचना आयोगमा सरुवा भएको छ ।

अर्थ मन्त्रालयका मात्र एक दर्जन सहसचिवको सरुवा भएको छ ।
अर्थ मन्त्रालयमा भित्रनेहरुमा हरिशरण पुडासैनी, महेश भट्टराई, दीपक लामिछाने, गोपीकृष्ण कोइराला, यमुना प्रधान, श्याम प्रसाद भण्डारी, मदन दाहाल र कविता रेग्मी रहेका छन् ।

सहसचिवहरु झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, विन्देश्वर प्रसाद लेखक र भरत खनाललाई महावाणिज्यदूत बनाउन परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।