रोनाल्डोले दिलाउन सकेनन् नासरलाई उपाधि
काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरलाई साउदी सुपर कपको उपाधि दिलाउनबाट चुकेका छन् ।
अल नासर शनिबारको फाइनल खेलमा उपाधि हत्याउने दाउसहित मैदानमा उत्रिए पनि अल हिलालसँग ४–१ को फराकिलो गोलान्तरमा स्तब्ध बन्यो ।
अल नासरका क्रिस्टियानो रोनाल्डोले खेलको ४४औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा त्यो अग्रता जोगाउन नसक्दा नासर उपाधि पोल्टामा पार्नबाट चुक्यो ।
पहिलो हाफमा १–० ले पछि परेको अल हिलालले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै चार गोलको मद्दतमा उपाधि हत्यायो ।
हिलालका लागि अलेक्जेन्डर मित्रोभिच एक्लैले दुई गोल गरे। त्यस्तै, सर्गेज मिलिन्कोभिच र माल्कमले समान १/१ गोल थपे ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया