NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

रोनाल्डोले दिलाउन सकेनन् नासरलाई उपाधि

अल हिलालसँग फराकिलो हार

काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरलाई साउदी सुपर कपको उपाधि दिलाउनबाट चुकेका छन् ।

अल नासर शनिबारको फाइनल खेलमा उपाधि हत्याउने दाउसहित मैदानमा उत्रिए पनि अल हिलालसँग ४–१ को फराकिलो गोलान्तरमा स्तब्ध बन्यो ।

अल नासरका क्रिस्टियानो रोनाल्डोले खेलको ४४औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।  तर दोस्रो हाफमा त्यो अग्रता जोगाउन नसक्दा नासर उपाधि पोल्टामा पार्नबाट चुक्यो ।

पहिलो हाफमा १–० ले पछि परेको अल हिलालले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै चार गोलको मद्दतमा उपाधि हत्यायो ।

हिलालका लागि अलेक्जेन्डर मित्रोभिच एक्लैले दुई गोल गरे। त्यस्तै, सर्गेज मिलिन्कोभिच र माल्कमले समान १/१ गोल थपे ।